एमालेको गढ भत्काउँदै पनौती काँग्रेस

Post Thumbnail
  • २०७९ बैशाख २३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ६३६ पाठक संख्या

  • नेकपा एमालेको प्रभाव क्षेत्र रहेको पनौती नगरमा नेपाली काँग्रेसको पक्षमा पक्षमा जनलहर उर्लिन थालेको छ । जनताको विश्वासलाई कहिल्यै कुठाराघात नगर्ने भन्दै नेपाली काँग्रेसले मत मागिरहेको छ ।

    नेपाली काँग्रेसले टोलटोलमा गरेको घरदैलो कार्यक्रममा मतदाताहरुको सहभागिताले हेर्दा वैशाख ३० गते हुन गइरहेको निर्वाचनले एमालेको गढ भत्कनि निश्चित जस्तो देखिएको छ । शुक्रवार विहान पनौती नगरपालिका वडा नम्बर १२ को मगर गाउमा काँग्रेसका उम्मेदवारहरुले स्थानीयबासीले गरेको स्वागत हेर्दा यहा एमालेको गढ भत्काउन सबै स्थानीयबासी एकढिक्का भएको देखिएको छ ।

    पनौती नपा १२ यस्तो वडा हो जहाबाट पनौती नगरपालिकाले पाँच वर्षको अवधिमा करिब दुई अर्व आम्दानी गरेको थियो । प्राकृतिक स्रोत साधनले भरिपुर्ण यो वडाले नगरको आम्दानीलाई यति धेरै योगदान गर्दा पनि वडाको विकास भने २५ वर्ष अघिकै अवस्थामा छ ।

    जिल्ला सभापति तिर्थ लामा, कोषाध्यक्ष जगन्नाथ गिरी, जिल्ला सदस्य अनिता थापा, गठबन्धन तर्फका उपप्रमुख छवी हुमागाई वडा अध्यक्षका उम्मेदवार बलराम तामाङ्ग, सदस्यहरु ओम लामा, सरिता खत्री, चमेली विक, कारसाङ लामा सहित मगरगाउ पुग्नु भएका मेयरका उम्मेदवार रामशरण भण्डारीलाई स्वागत गर्न दुईसय भन्दा बढी मतदाता उपस्थित भएका थिए ।

    एउटा वडाको एउटा टोलमा आयोजना गरेको कार्यक्रममा यति धेरै मतदाताले माया गरेको भन्दै मेयरका उम्मेदवार भण्डारीले भने– यो वडाको हरेक समस्या प्रति म परिचित छु । यो वडामा २५ वर्ष भन्दा बढि एमालेले शासन गरेको छ तर यहाँको जीवनस्तर जस्ताको तस्तै छ । भण्डारी भन्छन –म मेयरमा विजयी भएँ भने यहाँबाट जाने राजश्वको निश्चित प्रतिशत यहीँ वडाको विकासको लागि खर्च गर्ने घोषणा गदर्छु । स्वास्थ्य शिक्षा र कृषिमा विशेष ध्यान दिने बताउँदै उनले पनौतीको वडा नं १२ मा बौद्ध शिक्षाको शुरुवात गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । पनौती नगरमा प्रजातन्त्र आएको छैन, अर्थिक अनुशासन छैन भण्डारीले भने –पनौतीमा मेरै नेतृत्वमा सुशासन आउँछ । विश्वास गर्नुहोस तपाईंहरुलाई म कहिल्यै धोका दिन्न ।

    काँग्रेस जिल्ला सभापति तिर्थ लामाले पनि पनौती नपा वडा नं १२ को न्यानो स्वागतको प्रशंसा गर्दै पनौतीमा प्रजातन्त्रको अनुभूति पाउन काँग्रेस नेतृत्वको टिमलाई जिताउन आग्रह गरे । ‘ यो १२ नं वडामा २५/३० वर्ष देखि एमालेले नेतृत्व गरेको कारणले पनि तपाईँहरुले प्रजातन्त्रको अनुभूति गर्न पाउनुभएन ।’ यो वडाको मात्र होइन समग्र वडाको उन्नती र प्रगति काँग्रेस नेतृत्वबाट मात्र सम्भव हुने सभापति लामाको भनाई थियो ।

    पनौती नपा १२ मा मगर गाउँका साथै कलाँती, चिण्डु, सिमपानी गाउँ र रोशी बजारमा पनि काँग्रेसको पक्षमा राम्रो जनमत रहको छ । वडा नं १२ गागलका करणलामाका भनाई अनुसार पनपा १२ मा काँग्रेसको जित निश्चित छ ।

    प्रतिक्रिया दिनुहोस