बेथानचोकमा गठबन्धनको संयुक्त प्रतिवद्धतापत्र सार्वजनिक

Post Thumbnail
  • २०७९ बैशाख २१, बुधबार मा प्रकाशित २ साल अघि
  • ३२५ पाठक संख्या

  • स्थानीय तह निर्वाचन अन्तर्गत बेथानचोक गाँउपालिकामा पाँचदलीय संयुक्त प्रतिवद्धतापत्र सार्वजनिक गरिएको छ । आज साँझ बेथानचोक–२, ढुंखर्क चारदोबटोमा एक एक कार्यक्रम बिच नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीका नेता तथा उम्मेदवारहरुले संयुक्त रुपमा प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन ।

    गठबन्धनका उम्मेदवारहरुले बेथानचोकको विकास र समृद्धिको लागि तयार पारेको नीति तथा योजना र प्रतिवद्धता सहित जनताको हकहितको संरक्षण, नागरीकहरुको जिवविोपार्जन, भौतिक पूर्वाधार, विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सूचना प्रविधि र पर्यटन विकासका प्रतिवद्धताहरु बिषयगत रुपमा उल्लेख गरेको छ ।

    बेथानचोक गाँउपालिकाको सम्पूर्ण गाँउ क्षेत्रमा जनसंख्या, भूगोल रपहिचानको आधारमा निर्वाचन भएको ६ महिना भित्रमा टोल विकास संस्थाहरु गठन गरी ती संस्था मार्फत योजना छनौट, योजना कार्यान्वयन, विकास अनुगमन, स्रोत परिचालन लगायतका ग्रामिण गतिविधिहरुमा क्रियाशिल बनाउन ‘घर घरमा विकासको लहर, हाम्रो टोल हाम्रो रहर’ भन्ने नाराका साथ समृद्ध गाँउपालिका निर्माण अभियानमा प्रत्येक गाँउवासीहरुलाई सहभागि गराईने पाँचदलीय संयुक्त प्रतिवद्धतापत्रमा उल्लेखित छ ।

    एक वडा एक पक्की सडक, एक वडा एक पुस्तकालय, सबै विद्यालयहरुमा निःशुल्क इन्टरनेटको व्यवस्था, प्रविधिमैत्री शिक्षण सिकाई कार्यक्रम यसै बर्षबाट संचालन, शत प्रतिशत बाली बिमा र पशु बिमा, कृषी तथा पशुपालन व्यावसायका लागि अनुदान र मोबाईल भेटनरी ब्यवस्था गर्ने जस्ता लोकप्रिय कार्यक्रमहरु संचालन गर्ने गठबन्धनका साझा उम्मेद्वारहरुले प्रतिवद्धता जाहेर गरेका छन ।

    बेथानचोक गाँउपालिकामा गठबन्धनका साझा उम्मेदवारका रुपमा गाँउपालिका अध्यक्ष पदमा नेपाली काँग्रेसका तर्फबाट भगवान अधिकारी र उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रको तर्फबाट तारा राना तिमल्सिना प्रतिवद्धता पत्र सहित चुनाव प्रचार प्रसार अभियानमा जनताका घरदैलोमा पुगेका छन ।

    प्रतिक्रिया दिनुहोस