बनेपालीले मान्छे चिन्नुस, पार्टीमा धोका दिनेले जनताको सेवा गर्न सक्दैन : लक्ष्मीनरसिंह बादे

Post Thumbnail
  • २०७९ बैशाख १७, शनिबार मा प्रकाशित १ साल अघि
  • ११०५ पाठक संख्या

  • बनेपा नगरप्रमुख लक्ष्मी नरसिं बादेले आफुलाई पार्टीका नेताहरुले झुक्याउने र अधिनायकबाद लादेर धोका दिएको बताएका छन् ।

    शनिवार पत्रकार सम्मेलन गर्दै पार्टीका पोलिट्ब्युरो सदस्य एवं नेता गोेकुलप्रसाद बास्कोटा र नगर अध्यक्ष रत्नकुश रञ्जितले आफुलाई झुक्याएर टिकट बितरण गरेको आरोप लगाए । ‘पटक पटक तपाईनै हो भन्ने, आस्वस्त पार्ने काम गरिरहे तर आजको दिन सम्म पनि यस्तो गरौं उस्तो गरौं भनेनन् यस्ता धोका दिने पार्टीमा किन बस्नु । बादेले भने अब बनेपालीले मान्छे चिनेर भोट दिनुपर्छ । पार्टीमा धोका दिनेले जनताको सेवा गर्न सक्दैन ।’

    ‘मैले बनेपा एमाले करण गरेको थिएँ । अब यहाँ बसिरहनु आफ्नो सम्मानका लागि घात पर्छ भन्ने सोचेर म र मेरो परिवारका सदस्यहरु साधारण सदस्यबाट समेत राजीनामा दिएको जानकारी दिन चाहन्छु ।’

    एमाले बनेपा नगर कमिटीका पूर्व अध्यक्ष, २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख निर्वाचित भएका बादेले नगर प्रमुख र पार्टीको साधारण सदस्यता समेत त्याग गरेका छन् ।

    विशेषगरी एमाले काभ्रेका इञ्चार्ज समेत रहेका पोलिट्व्युरो सदस्य गोकूलप्रसाद बास्कोटाले आफूसंग सल्लाह समते नगरी अन्तिम समयमा धोका दिएको आरोप समेत लगाए । टिकट पाउने रञ्जितले पनि आफूलाई धोका दिएको बादेले बताए ।

    नगर प्रमुखका लागि बादेसहित ९ जनाको नाम सिफारिस भएको थियो । एमालेले नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितलाई नगरप्रमुख र उपप्रमुखमा अखिल नेपाल महिला संघ काभ्रेका अध्यक्ष विमला सापकोटा दाहाललाई उम्मेदवार बनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस