९३ प्रतिशत मतपत्र छपाइ सकियो, ४३ जिल्लामा ढुवानी

Post Thumbnail
  • २०७९ बैशाख १६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ३७७ पाठक संख्या

  • वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ।

    निर्वाचन आयोगका अनुसार काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको र अन्य जिल्लामा पुग्नेक्रम जारी रहेको जनाएको छ।

    मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ।

    हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस