रोशीमा स्वतन्त्र उम्मेदवार मेघबहादुर विरुद्ध दाबी विरोध

Post Thumbnail
  • २०७९ बैशाख १३, मंगलबार मा प्रकाशित १ साल अघि
  • २६९ पाठक संख्या

  • रोशी गाउँपालिका ७ मा नेपाली कांग्रेसबाट वडाध्यक्षको लागि उम्मेदवारी दिएका रामकुमार श्रेष्ठले स्वतन्त्र उम्मेदार दिएका मेघबहादुर तामाङ विरुद्ध दाबी विरोध दर्ता गरेका छन्।

    वडा नम्बर ७ मा स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका मेघबहादुर तामाङ विरुद्ध श्रेष्ठले कालोसूचीमा परेको, बेरुजु भएको विषय उल्लेख गरेर निवेदन दिएको निर्वाचन कार्यालयले जनाएको छ ।

    निवेदनउपर छलफल गर्नको लागि जुन उम्मेदवारविरुद्धमा उजुरी दर्ता भएको हो, सो उम्मेदवार आफ्नो सफाई तथा सबुद प्रमाणसहित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुनको लागि सूचना जारी गरिएको छ ।

    दुवै पक्षबीच छलफल गरेर प्रमाण पुग्ने नपुग्ने बिषयमा थप छलफल गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस