आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काभ्रेमा मुख्य गरी गठबन्धन र एमालेले १३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गरेका छन् ।
जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर मनोनयन दर्ता गराए भने एमालेले एक्लै उम्मेदवारी दर्ता गरायो।
काभ्रेको पाँचखाल नगरपालिकामा नेपाली काँग्रेसको तर्फवाट महेश खरेलले प्रमुख तथा नेकपा माओवादी केन्द्रबाट चेतप्रसाद गौतम (मणी)ले उम्मेदवारी दर्ता गराए । एमालेबाट पाँचखाल नगरपालिकाको प्रमुखमा कञ्चन अधिकारी र उपप्रमुखमा सूर्यमाया दनुवारले उम्मेदवारी दर्ता गराए । बनेपा नगरपालिका प्रमुखमा कांग्रेसबाट शान्तिरत्न शाक्य र उपप्रमुखमा एकीकृत समाजवादीबाट रघुवर चौप्रधानले मनोनयन दर्ता गराएका छन् ।
पनौती नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा रामशरण भण्डारीले र एकीकृत समाजवादीबाट उपप्रमुखमा छविलाल हुँमागाईले मनोनयन दर्ता गराएका छन् । धुलिखेल नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीबाट प्रमुखमा दयासागर श्रेष्ठले तथा उपप्रमुखमा कांग्रेसका निराजन जङ्गमले उम्मेदवारी दर्ता गराए। मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीबाट टोकबहादुर वाइबा र उपप्रमुखमा कांग्रेसबाट विष्णुमणि नेपालले मनोनयन दर्ता गराएका छन्। नमोबुद्ध नगरपालिकाको प्रमुखमा कांग्रेसबाट कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रबाट रत्न लामाले मनोनयन दर्ता गराए ।
त्यसैगरी चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट रेणुका चौलागाई र उपाध्यक्षमा कांग्रेसबाट शेरबहादुर लामाले उम्मेदवारी दर्ता गराएका छन् । भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट प्रेमबहादुर भुजेल र उपाध्यक्षमा कांग्रेसबाट जितेन्द्रमान तामाङले मनोनयन दर्ता गराएका छन् । तेमाल गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट चन्द्र लामा र उपाध्यक्षमा माओवादी केन्द्रबाट दलमान थोकरले उम्मेदवारी दर्ता गराए।
यस्तै रोशी गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट दिनेश लामा र उपाध्यक्षमा माओवादी केन्द्रबाट मीमबहादुर वाइबाले मनोनयन दर्ता गराए। महाभारत गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट कान्छालाल जिम्बा र उपाध्यक्षमा कांग्रेसबाट सागर मोक्तानले मनोनयन दर्ता गराएका छन्। खानीखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट इन्द्रबहादुर थिङ र उपाध्यक्षमा कांग्रेसबाट दोर्जेमान जिम्बाले उम्मेदवारी दर्ता गराएका छन् । बेथानचोक गाउँपालिकामा अध्यक्षमा कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादी केन्द्रका तारा राना तिमल्सिनाले मनोनयन दर्ता गराए।
एमालेबाट बनेपाको प्रमुखमा रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटा दाहाल, धुलिखेल नगरपालिकाको प्रमुखमा अशोककुमार ब्याञ्जु र उपप्रमुखमा लालतारा अधिकारी, पनौती नगरपालिकाको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गीता बञ्जारा, नमोबुद्ध नगरपालिकाको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा तथा मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा सरिता ढकालले उम्मेदवारी दर्ता गराए।
त्यस्तै एमालेबाट चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा जीतराम लामा र उपाध्यक्षमा बविता खरेल, भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, तेमाल गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर तामाङ र उपाध्यक्षमा सम्तेन लामा, रोशी गाउँपालिकाको अध्यक्षमा देवसागर लामा र उपाध्यक्षमा बविता बोहोराले मनोनयन दर्ता गराए। महाभारत गाउँपालिकाको अध्यक्षमा पूर्णबहादुर वाइबा र उपाध्यक्षमा शान्ति तितुङ, खानीखोला गाउँपालिकाको अध्यक्षमा शेखर लामा र उपाध्यक्षमा रुकमणि गुरुङले मनोनयन दर्ता गराएका छन्। बेथानचोक गाउँपालिकाको अध्यक्षमा कमल तिमल्सिना र उपाध्यक्षमा सरला लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस