कांग्रेसको तर्फबाट १३ वटै पालिकामा उम्मेदवारी

Post Thumbnail
  • २०७९ बैशाख १२, सोमबार मा प्रकाशित २ साल अघि
  • ३२४ पाठक संख्या

  • नेपाली कांग्रेस काभ्रेमा विभिन्न पालिकामा प्रमुख तथा उपप्रमुख पदमा मनोनयन गरेको छ ।

    गठबन्धनको प्रमुख दल कांग्रेसले काभ्रेका ४ नगरपालिकामा प्रमुख, तीन गाउँपालिकामा अध्यक्ष, २ नगरपालिकामा उपप्रमुख र ४ गाउँपालिकामा उपाध्यक्ष पदमा मनोनयन गरेको हो ।

    पाँचखाल नगरपालिकामा महेश खरेलले नगरप्रमुखमा उम्मेदवारी दिएका छन् । बनेपा नगरपालिका प्रमुखमा शान्तिरत्न शाक्यले उम्मेदवारी दर्ता गराएक छन् ।

    यसैगरी पनौतीको मेयरमा रामशरण भण्डारीले र नमोवृुद्धको मेयरमा कुन्साङ लामाले उम्मेदवारी दर्ता गरे। त्यस्तै रोशी गाउँपालिकाको अध्यक्षका लागि दिनेश लामा, तेमाल गाउँपालिकाको अध्यक्षका लागि चन्द्र लामा र बेथानचोक गाउँपालिकाको अध्यक्षका लागि भगवान अधिकारीले उम्मेदवारी दर्ता गराए ।

    उपमेयरतर्फ धुलिखेल नगरपालिकामा निराजन जंगम र मण्डनदेउपुरमा विष्णुमणि नेपालले उम्मेदवारी दर्ता गरे । गाउँपालिकाको उपाध्यक्षतर्फ महाभारतमा सागर मोक्तान, खानीखोलामा दोर्जेमान जिम्बा र चौरीदेउराली गाउँपालिकामा शेरबहादुर लामाले उम्मेदवारी दर्ता गरे ।

    प्रतिक्रिया दिनुहोस