मोटरसाइकल दुर्घंटना हुँदा चार महिने शिशुको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
साँगाबाट जगातीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२९०२१ प ६७६२ नं को मोटरसाइकल भक्तपुरको नलिञ्चोकमा आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चार महिने लोसाङ डोल्माको मृत्यु भएको हो ।
दुर्घटनामा चार मशिने शिशुका बुबा पाँचखाल नगरपालिका वडा नं १ का बुद्ध तामाङ र आमा सुस्मिता तामाङ घाईते भएका छन् ।
दुर्घटनामा घाइते भएको बुद्ध र सुस्मिता उपचार पछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस