‘स्थानीय सहमति’ लाई जोड दिई तालमेल गर्ने गठबन्धनदलको निर्णय

Post Thumbnail
  • २०७८ चैत्र २७, आईतबार मा प्रकाशित २ साल अघि
  • ४३२ पाठक संख्या

  • सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिले चुनावी तालमेल गर्दा स्थानीय सहमतिलाई जोड दिने निष्कर्ष निकालेको छ ।

    आइतबार बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको समितिले चुनावी तालमेल गर्दा स्थानीय तहमा पाँच दलबीच हुने सहमतिलाई प्राथमिकता दिने निचोड निकालेको हो ।

    गठबन्धनले सात प्रदेश, ७७ जिल्ला र ७५३ वटै स्थानीय तहसम्म चुनावी तयारीका लागि संयन्त्र गठन गरेको थियो । ती संयन्त्रमार्फत् सातै प्रदेशबाट प्राप्त सुझावहरूमाथि केन्द्रीय संयन्त्रले आइतबार छलफल गरेर विभिन्न निष्कर्षहरू निकालेको छ ।

    त्यस्तै सबै तहबाट गठबन्धनको अवस्थाबारे रिपोर्ट नआएपछि बैठकले प्रदेश र जिल्ला तहलाई ०७८ चैत्र मसान्तभित्र पाँच दलीय बैठक राखी आवश्यक सहमति कायम गरी केन्द्रमा पठाउन निर्देशन गर्ने निर्णय गरेको छ । त्यस्तै, स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनका बीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दे सहकार्य अघि बढाउने बैठकको निष्कर्ष रहेको नेताहरुको भनाइ छ ।

    नेताहरूका अनुसार सोमबार विहान सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठकमा चुनाव परिचालन समितिले गरेको छलफलको निष्कर्ष र सुझावहरूमाथि छलफल हुनेछ ।

    त्यसपछि सोमबारै पाँच दलको संयुक्त अपिल जारी गर्ने तयारी छ । माओवादी नेता देब गुरुङले सोमबारै त्यो अपिल जारी हुन सक्ने बताए ।

    प्रतिक्रिया दिनुहोस