बनेपा नालामा बम पड्कदा एक गम्भिर घाईते

Post Thumbnail
  • २०७८ चैत्र २७, आईतबार मा प्रकाशित २ साल अघि
  • १६९३ पाठक संख्या

  • काभ्रेको बनेपा नगरपालिका वडा नं. २ घिमिरे गाउँमा बम पड्कदा एक जना गम्भिर घाईते भएका छन् ।

    बनेपा नपा २ का अध्यक्ष हरिशरण घिमिरेका अनुसार घाईते हुने स्थानीय गोपी विकका छोरा मोहन विक हुन् ।

    हातमा चोट लागेर गंभीर घाइते भएका विकको विएण्डबी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी दिए ।

    नेपाली सेनाले तालिमका क्रममा पड्काएको विस्फोटक मोर्टार घरमा ल्याएर फुटाउन खोज्दा पड्कीएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएस्पी हरि खतिवडाले जानकारी दिए । घाईतेको दाहिने हातको आधा भाग क्षति भएको छ भने टाउकोमा पनि क्षति भएको छ ।

    रोहणी भञ्ज्याङमा रहेको सेनाको फाइरिङ रेञ्जमा पाइने बम, मोर्टार, गोलीका खोका स्थानीयले कबाडीमा बिक्री गर्नको लागि संकलन गर्ने गरेका छन् ।

    मोहनले पनि ४ वटा मोर्टार ल्याएर कबाडीमा बिक्री गर्न खोजेका थिए । अन्य ३ भन्दा तौल बढी भएपछि कबाडी संकलकले फुटाएर मात्र लाने भनेपछि दुई पटक हथौडा हान्ने बित्तिकै ठूलो आवाजमा विस्फोट भएको  थियो ।

     

    प्रतिक्रिया दिनुहोस