काँग्रेस जिल्ला कार्यसमिति काभ्रेमा कस-कसले के के जिम्मेवारी पाए ?

Post Thumbnail
  • २०७८ चैत्र २३, बुधबार मा प्रकाशित १ साल अघि
  • १३६९ पाठक संख्या

  • नेपाली काँग्रेस काभ्रेको जिल्ला कार्यसमितिको बैठकले विभिन्न पदमा मनोनित तथा शाखा प्रमुख तोकेको छ ।

    बैठकलेसदस्य मध्येबाट कोषाध्यक्षमा जगन्नाथ गिरीलाई मनोनित गरेको छ । त्यस्तै  गणेश अधिकारी, निराजन जंगम, ज्ञान बहादुर लामा र फुलमाया लामालाई जिल्ला सदस्यमा मनोनित गरेको जिल्ला सचिव गुणराज मुक्तानले जानकारी दिए । त्यस्तै बैठकले अर्जुन सापकोटा, साधुराम बडाल, सुनिल छेवाङ लामा, धावा लामा (डिवि), संजय लामालाई आमन्त्रित जिल्ला सदस्यमा मनोनित गरेको छ ।

    बैठकले जिल्ला सभापति तिर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन समिति, संगठन विभाग प्रमुखमा ठाकुर न्यौपाने, प्रशिक्षण शाखा प्रमुखमा रमेशप्रसाद हुमागाई, रवीन्द्रनाथ सिग्देलको संयोजकत्वमा ३ सदस्यीय अनुशासन समिति, निर्वाचन प्रचार प्रसार समितिको संयोजकत्वमा समीर व्यन्जु, संचार शाखा प्रमुखमा सुनिता तामाङ, शिक्षा शाखा प्रमुखमा दिपेन्द्र पौडेल, भातृसंस्था समन्वय शाखा प्रमुखमा रामराज जोशी, पर्यटन शाखा प्रमुखमा निराजन जंगम, गैरसरकारी समन्वय प्रमुखमा शान्ति लक्ष्मी श्रेष्ठ, युवा तथा खेलकुद शाखा प्रमुखमा थर्कमान लामा (कान्छा) , भौतिक पूर्वाधार तथा यातायात विभाग प्रमुखमा चेत लामा, सहकारी शाखा प्रमुखमा जोगलाल लामा, श्रमिक तथा ट्रेडयुनियन बिभाग प्रमुखमा सन्तोष गौतम, महिला विभाग प्रमुखमा अनिता कार्की, अनुगमन तथा मुल्यांकन बिभाग प्रमुखमा बलराम कोइराला, कृषि तथा भुमिसुधार बिभाग प्रमुखमा हरि दुलाल, सुभेच्छुक संघ संस्था बिभाग प्रमुखमा बद्री खकुरेल, पेशागत बुद्धिजीवी शाखा प्रमुखमा बिश्व खड्का, स्थानीय तह समन्वय शाखा प्रमुखमा मान बहादुर तामाङ, उद्योग तथा बाणिज्य शाखा प्रमुखमा भोला भट्टराई  मनोनित भएको जिल्ला सचिव मुक्तानले जानकारी दिए ।

    त्यस्तै नेपाली काँग्रेस काभ्रे जिल्ला संसदीय समिति सदस्यमा राजेन्द्र प्रताप अर्याल, ज्ञान बहादुर लामा, कृष्ण मोक्तान, रिता रुम्बा, सीता खनाल मनोनित भएका छन् । यी बाहेक संसदीय समितिमा जिल्ला कार्यसमितिको पदाधिकारीहरु सभापति तिर्थ लामा, उपसभापति द्धय ठाकुर न्यौपाने र रमेश हुमागाई , सचिव गुणराज मोक्तान र माधव ढकाल, सहसचिव द्धय रविन्द्र सिग्देल र समिर व्याञ्जु तथा आज कोषाध्यक्षमा मनोनयनमा परेका जगन्नाथ गिरी हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस