दुई जना पूर्व गाविस उपाध्यक्ष काँगेसमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट विजयी भएका साविक उग्रचण्डी नाला गाविसका पूर्व उपाध्यक्ष केशचन्द्र श्रेष्ठ र साविक महेन्द्रज्योति गाविसका पूर्व उपाध्यक्ष सुरथ बहादुर थापा काँग्रेस प्रवेश गरेका हुन् ।
साविक उग्रचण्डी नाला गाविस हाल बनेपा वडा नं ४ बाट २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित केशचन्द्र श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । राजनीतिक सँगै शैक्षिक, बौद्धिक साथै सामाजिक व्यक्ती श्रेष्ठ एक कार्यक्रमका विच काँग्रेस प्रवेश गरेका हुन । उनलाई नेपाली काँग्रेस काभ्रेका सभापति तिर्थ लामाले सदस्यता प्रदान गरेका थिए । कार्यक्रममा श्रेष्ठ सँगै अन्य व्यक्तीत्वहरुपनि काँग्रेसमा प्रवेश गरेको बनेपा नगर सभापति महेश कर्माचार्यले जानकारी दिए ।
त्यस्तै साविक महेन्द्रज्योति गाविस बनेपा वडा नं १२ नेकपा एमालेबाट २०५४ सालको स्थानिय निर्वाचनमा गाविस उपाध्यक्षमा निर्वाचित सुरथ बहादुर थापा काँग्रेस प्रवेश गरेका हुन । थापालाई नेपाली काँग्रेसका बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादेले सदस्यता प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस