२०८३ आश्विन ६, मंगलबार  | Tue, 22, Sep, 2026

काँग्रेसको उम्मेदवार छनौट : वैशाख १ सम्म केन्द्रमा पठाइसक्नुपर्ने

Post Thumbnail
  • २०७८ चैत्र १७, बिहिबार मा प्रकाशित ४ साल अघि
  • ११५७ पाठक संख्या

  • नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ ले उम्मेदवार टुंग्याउने समय तालिका निर्धारण गरेको छ।

    उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिले वडादेखि उपमहानगरपालिकासम्मका उम्मेदवार टुंग्याउने समय निर्धारण गरेको हो।

    कांग्रेस केन्द्रीय कार्यालयले समितिका तर्फबाट टेलिफोनमार्फत जिल्लाहरूलाई पठाएको समय तालिकाअनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुङ्ग्याएर नामावली बुझाउन निर्देशन दिएको छ।

    यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको छ।

    प्रतिक्रिया दिनुहोस