नेकपा एमाले वडा नं ४ का वडा कमिटी अध्यक्ष आशिष थापा काँग्रेसमा प्रवेश गरेका छन् ।
थापाले बुधवार नेपाली काँग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ ले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको हातबाट काँग्रेसको सदस्यता लिएका थिए ।
कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य मधु आचार्य, गणेश लामा, उर्मिला केसी, बागमती प्रदेश महामन्त्री कञ्चन बादे, जिल्ला सभापति तिर्थ लामा, काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति महेश खरेल लगायतले स्वागत गरेका थिए ।
२०७० सालदेखि युवा संघ नेपालको धुलिखेल नगरको संगठन विभागको प्रमुख भएर काम गरिसकेका थापा वडा नं ४ का उदाउँदो जुझारु युवा नेताको रुपमा अगाडी बढिरहेका थिए ।
वडा कमिटी अध्यक्ष रहेका थापाले एमाले नेतृत्वसँग असन्तुष्ट जनाउँदै काँग्रेसमा प्रवेश गरेको बताए । ‘एमाले नेतृत्वले वडा नं ४ लाई भोटको राजनीति गरी विकासबाट बञ्चित गराए, थापाले भने एमालेले कुरा मात्र गर्दो रहेछ ।’
धुलिखेलमा यस अघि नै एमालेका नेता रामकृष्ण हुमागाई, साधुराम वडाल, वडा नं ८ का निर्वाचित वडा अध्यक्ष निराजन जंगम, वडा नं १ का वडा सदस्य लगायत काँग्रेसमा प्रवेश गरिसकेका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र मण्डनदेउपुर नगर समिति सदस्य भवनाथ ढकाल, नेकपा माओवादी केन्द्र मण्डनदेउपुर ६ का सचिव सुदर्शन ढकाल, संगठित सदस्य राजकुमार चौलागाई लगायत दुई दर्जन नेता तथा कार्यकर्ता विभिन्न पार्टी पारित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस