नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले अन्य दल सँग गठबन्धन भन्दा पनि आवश्यक अनुसार तालमेल गर्ने निर्णय गरेको बताएका छन् ।
नेपाली काँग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ को आयोजना तथा मण्डनदेउपुर नगरसमितिको व्यवस्थापनमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका महामन्त्री शर्माले स्थानीय आवश्यकता देखियो भने मात्र तालमेल गर्ने बताएका हुन । ‘हामीले गठबन्ध्न भनेका छैनौं, स्थानीय आवश्यकता देखियो भने तालमेल गर्ने भनेका हौं, यदि तालमेल आवश्यकता भयो भने मात्र तालमेल गर्नुहोस’–महामन्त्री शर्माले भने । उनले तालमेल बाध्यकारी नभएकोले स्थानीय आवश्यकता‚ स्थिति र भावनाका आधारमा तालमेल गर्न कार्यकर्ताहरुलाई सुझाए ।
महामन्त्री शर्माले एमाले भनिए र सुनिए अनुसार बलियो नभएको भन्दै अघिल्लो स्थानीय तहमा पराजित भएका १ सय ५५ स्थानीय तहमा १० प्रतिशत र ८४ स्थानीय तहमा ५ प्रतिशत मत बढाउँदा कांग्रेस बलियो भएको जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, गणेश लामा, उर्मिला केसी, बागमती प्रदेशका महामन्त्री कञ्चानचन्द्र वादे, जिल्ला सभापति तिर्थ लामा, भोजपुर जिल्ला सभापति विनोद बान्तवा, काभ्रे उपसभापति ठाकुर न्यौपाने, नेता अच्युत पौडेल, सचिव माधव ढकाल, नेपाली काँग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ का सचिव आनन्द सापकोटा, मण्डनदेउपुर नगर सभापति कश्यप पौडेल, नेता रामहरी सापकोटा लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम नेपाली काँग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति महेश खरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव नारायण सापकोटाले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस