इजाजत प्राप्त हतियार बुझाउन काभ्रे प्रशासनको अनुरोध

Post Thumbnail
  • २०७८ चैत्र १२, शनिबार मा प्रकाशित १ साल अघि
  • ४९४ पाठक संख्या

  • इजाजतपत्र प्राप्त हातहतियार नजिकैको प्रहरी इकाईमा बुझाउन जिल्ला प्रशासन कार्यालय काभ्रेले अनुरोध गरेको छ ।

    प्रशासनले एक सूचना जारी गर्दै चैत्र मसान्तभित्र इजाजतपत्र प्राप्त हातहतियार प्रहरीलाई बुझाउन अनुरोध गरेको हो ।

    कार्यालयबाट प्रकाशित सूचनामा स्थानीयत तहको निर्वाचनलाई भरपर्दो, विश्वासनीय बनाउन जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरु २०७८ चैत्र मसान्तसम्ममा नजिकको प्रहरी इकाईमा बुझाउन हतियार धनीलाई अनुरोध गरिएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारद्धारा हस्ताक्षरीत सूचनामा इजाजतपत्र प्राप्त हातहतियार निर्वाचनपश्चात फिर्ता हुनेगरी नजिकको प्रहरी इकाईमा बुझाउन अनुरोध गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस