एमालेलाई झड्का: गोकुल बाँस्कोटाको जिल्ला तथा एमाले काभ्रेका अध्यक्षको नगरपालिाकाका प्रदेश कमिटी सदस्य हुमागाई र पूर्व गाविस अध्यक्ष बडाल सहित सयौं कांग्रेसमा प्रवेश

Post Thumbnail
  • २०७८ चैत्र ९, बुधबार मा प्रकाशित २ साल अघि
  • ८०२ पाठक संख्या

  • नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं काभ्रे इञ्चार्ज गोकुल बाँस्कोटाको जिल्ला तथा एमाले काभ्रेका अध्यक्ष अशोक कुमार व्याञ्जुको नगरपालिाकाका बागमती प्रदेश कमिटी सदस्य रामकृष्ण हुमागाई र पूर्व गाविस अध्यक्ष साधुराम बडाल सहित सयौं कांग्रेसमा प्रवेश गरेका छन् ।

    नेपाली कांग्रेस धुलिखेल नगर कार्यसमितिले आयोजना गरेको कार्यक्रममा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले हुँमागाईं र बडाल सहितका नेताहरूलाई कांग्रेसमा स्वागत गरेका छन् ।

    कांग्रेस प्रवेश गरेका हुँमागाईं काभ्रे एमालेको क्षेत्र नम्बर २ का पूर्व अध्यक्ष, भूमि आयोगका पूर्व जिल्ला अध्यक्ष, हाल बागमती प्रदेशका सदस्य हुन । ४४ बर्ष एमालेका विभिन्न कमिटिमा रहेर काम गरेका हुमागाई एमाले भित्रको निरकुंश शासनको कारण एमाले छाड्नुपरेको बताए । प्रवेश गरे मध्ये बडाल तत्कालीन काभ्रे गाविसका अध्यक्ष, किसान महमसंघका पूर्व केन्द्रीय अध्यक्ष हुन । उनीहरुसँगै नेकपा एमालेका पूर्व गाविस उपाध्यक्ष कृष्णबहादुर बस्नेत, धुलिखेल नगरपालिका ९ का वडा सदस्य उपेन्द्र हुमागाई, एमालेका पूर्व वडा अध्यक्ष दामोदर तिमिल्सिना, धुलिखेल नगरपालिकाका कार्यपालिका सदस्य अर्जुन भुजेल, एमालेका धुलिखेल नगरका सचिवालय सदस्य पुरुषोतम बस्नेत, सदस्य यादव गौतम, धुलिखेल नगरपालिका वडा नं १० का एमालेका नेता रामकृष्ण विष्ट, एमाले निकट स्वास्थयकर्मी संगठनका श्याम तिमल्सिना तथा समाजसेवी माधवमणी हुमागाई लगायत सयौं काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस धुलिखेल नगर समिति सभापति बिदुर बस्नेतले जानकारी दिए ।

    पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले स्थानीय तहमा भएको अवस्था अनुसार तालमेल हुने बताए । स्थानीय तहमा गठबन्धनलाई लिएर पार्टीका नेताहरूबाट फरक फरक प्रतिक्रिया आइरहँदा नेता महतले यसको जिम्मा स्थानीय तहलाई नै दिनुपर्ने बताएका हुन् ।

    वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुनेमा सन्देह नरहेको भन्दै उनले कांग्रेसले सञ्चालन गरेको ‘घरघर जाऊँ, कांग्रेस जिताऔं’ अभियानमा सबैलाई सहभागि हुन अनुरोध गरे ।

    कांग्रेस जिल्ला सभापति तिर्थ लामाले राजनीतिमा लामो समय योगदान दिएकाहरुको प्रवेशले पार्टीलाई फाइदा पुग्ने तर्क गर्दै उचित जिम्मेवारी दिने बताए ।

    नेपाली कांग्रेस धुलिखेल नगरसमिति सभापति बिदुर बस्नेतले नेपाली काँग्रेस रोजेर काँग्रेस प्रवेश गर्दा काँग्रेसीजनहरुमा थप हौशल्ला र उर्जा मिलेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस