तेमाल गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन प्रधानमन्त्रीबाट उद्घाटन

Post Thumbnail
  • २०७८ चैत्र ५, शनिबार मा प्रकाशित १ साल अघि
  • ९४५ पाठक संख्या

  • तेमाल गाउँपालिकाको नव निर्मित प्रशासकीय  भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

    काभ्रेका गाउँपालिका मध्ये पहिलो प्रशासकीय भवन निर्माण गरेको तेपाल गाउँपालिकाले देशकै कार्यकारी प्रधानमन्त्रीलाई पहिलोपटक गाउँपालिका ल्याएर उद्घाटन गरेको हो ।

    गाउँपालिकाको २ करोड ६४ लाख र जिल्ला समन्वय समिति काभ्रेको २ करोड गरी ४ करोड ६४ लाखमा निर्माण सम्पन्न भएको भवन सुविधासम्पन्न छ । तीन तलाको भवन निर्माणको लागि २०७६ सालमा शिलन्यास भएको थियाृ । २ बर्ष मै निर्माण कार्य सम्पन्न भएको उक्त भवनको उद्घाटन प्रधानमन्त्री देउवाले गरेका छन् भने शिलन्यास गाउँपालिकाका अध्यक्ष सलाम सिं लामाले गरेका थिए ।

    गाउँपालिका अध्यक्ष सलाम सी लामाले गाउँ पालिकाले विकासका अन्य प्राथमिकतामा प्रशासनिक भवन पनि रहेकाले स्थानीय सरकारको प्रत्याभूति गराउन भवन निर्माण सम्पन्न गरेको बताए । उपाध्यक्ष दुर्गामाया तामाङले पूर्वाधार निर्माणका धेरै कार्यको सुरुवात भएको जानकारी दिईन । कार्यक्रममा गाउँपालिका प्रवक्ता ज्ञानबहादुर तामाङले तेमाल ऐतिहासिक पालिका भएकोले भकुण्डे देखि मेच्छे पौवा सम्मको सडक कालोपत्रे गर्न, पुर्बाधारका अन्य कार्यमा संघ सरकारले सहयोग गर्नुपर्ने बताए ।

    गाउँपालिकाले आफ्नै बजेटमा ३ किमी गाउँ पालिका पुग्ने सडक कालोपत्रे गरेको, खानेपानी व्यवस्थापनमा १ करोड रकम विनियोजन गरी एडिबीको सहयोगमा खानेपानी योजना सम्पन्न गर्न लागेको, वडा कार्यालयका भवनहरू निर्माण गरेको छ ।

    साबिक ७ वटा गाविसलाई ९ वटा वडामा विभाजन गरेर नयाँ संरचना अनुसार तेमाल गाउँपालिका भएको छ ।

    प्रधानमन्त्री देउवाले पालिकाको प्रशासकीय भवन र तेमालको नारायण स्थानमा निर्माण भएको नमोबुद्ध, स्वयम्भू र बौद्धको स्तुपाको समेत उद्घाटन गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस