चैत ५ गते तेमाल गाउँपालिकाको भवन उद्घाटन गर्न प्रधानमन्त्री देउवा काभ्रे आउँदै

Post Thumbnail
  • २०७८ चैत्र ३, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ६२० पाठक संख्या

  • प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चैत ५ गते काभ्रेको नारायाण्स्थानमा आउने भएका छन् ।

    तेमाल गाउँपालिकाको नव निर्मित प्रशासकीय भवनको उद्घाटनका लागि चैत ५ गते शनिवार प्रधानमन्त्री देउवा पालिकाको केन्द्र नारायणस्थानमा आउन लागेका हुन ।

    तेमाल गाउँपालिकाले सूचना मार्फत चैत ५ गते विहान १० बजे प्रधानमन्त्री गाउँपालिका भवन उद्घाटन गर्न आउने जनाएको छ । पालिकाले उक्त कार्यक्रममा सहभागि हुन आमनागरिकलाई अपिल गरेको छ ।

    गाउँपालिकाले २०७६ साउन ७ मा शिलन्यास गरेको थियो । भवन निर्माण चार करोड ५२ लाख ४७ हजार ६५३ रुपियाँमा भएको तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिंं लामाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस