“घर–घर जाउँ नेपाली काँग्रेस जिताऔं” अभियानको शुभारम्भ

Post Thumbnail
  • २०७८ फागुन २९, आईतबार मा प्रकाशित २ साल अघि
  • १०९४ पाठक संख्या

  • नेपाली काँग्रेसले सञ्चालन गरेको एक महिने अभियान “घर–घर जाउँ नेपाली काँग्रेस जिताऔं” अभियानको शुभारम्भ भएको छ ।

    नेपाली काँग्रेस काभ्रेको आयोजनामा भएको कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले “घर–घर जाउँ नेपाली काँग्रेस जिताऔं” अभियानको शुभारम्भ गरेका हुन ।

    शुभारम्भ कार्यक्रममा प्रवक्ता महतले पार्टी संगठन सुदृढिकरणसँगै निर्वाचनको तयारीस्वरुप अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले कम्युनिष्टहरुले फैलाएको झुटो अफवाहका कारण एमसीसीको गलत ढंगले व्याख्या भएकोले त्यस बारेमा गाउँ गाउँ गएर जनतालाई बुझाउन अनुरोध पनि गरे ।

    कार्यक्रममा केन्द्रीय सदस्य एवं काभ्रेको लागि केन्द्रीय प्रतिनिधि उर्मीला केसीले नेताहरु गाउँ केन्द्रीत हुनुपर्ने र त्यसको परिणाम निर्वाचनमा देखाउनु पर्ने बताइन ।

    कार्यक्रममा युवा नेता प्रमोद हरी गुरागाई, जिल्ला सभापति तीर्थ लामा, नेता अच्युत पौडेल, उपसभापति ठाकुर न्यौपाने, सचिव गुणराज मोक्तान, प्रतिनिधि सभा सभापतिहरु महेश खरेल र दिनेश लामा, प्रदेश सभापति रामहरी श्रेष्ठ, चन्द्र लामा, राम लामा र हेम लामा, बागमती प्रदेशका सदस्य सानु श्रेष्ठ, तरुण दल काभ्र्का अध्यक्ष दावा लामा लगायतले काँग्रेसको अभियानबारे चर्चा गरेका थिए ।

    नेपाली काँग्रेस काभ्रेले पनि जिल्लाका १३५ वडामा प्रतिनिधि खटाएको छ ।

    प्रतिक्रिया दिनुहोस