ज्येष्ठ आमा बुवालाई उच्च सम्मानका साथ हेरचाह, स्याहार गरेका असल सन्तानलाई रोशी गाउँपालिकाले नगद सहित दोसल्ला र प्रमाण पत्रद्धारा सम्मान गरेको छ ।
रोशीको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत रहेको ‘श्रवण कुमार सम्मान पुरस्कार’ दशौ गाउँसभाको अवसरमा प्रदान गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख प्रज्वला राईले जानकारी दिईन ।
गाउँपालिकाले वडा नम्बर १ बाट शान्तिमाया लामा र शान्तमाया लोप्चनलाई, वडा नम्बर २ बाट सूर्यमान लामा र प्रकाश बोहोरा, ३ बाट शिवराम श्रेष्ठ, भगवान, वडा नं ४ बाट पेमलाल कायस्थ, ढक बहादुर मगर, वडा नं ५ बाट रावत लामा, सानु कान्छा लामा, वडा नं ६ बाट कान्छा राम तामाङ निलम महर्जन, वडा नं ७ बाट उमेश गौतम, राधिका मैनाली, वडा नं ८ बाट आमै रानी तामाङ र तेज बहादुर ठकुरी, वडा नं ९ बाट रित बहादुर पुलमी, पुष्पराज शाह, वडा नं १० बाट कृष्ण बहादुर र प्रवलराज सापकोटा, वडा नं ११ बाट सन्तमान तामाङ, पूर्ण कुमारी दमिनी तथा वडा नं १२ बाट प्रेम बहादुर तामाङ्ग र सुरेन्द्र कुमार राय लाई सम्मान गरिएको हो ।
उनीहरुलाई रोशी गाउँपालिका अध्यक्ष डि. वि. लामा, उपाध्यक्ष लक्ष्मी बर्तौला लगायतले नगद ५ हजार, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले कुनै पनि ज्येष्ठ आमा बुवा सन्तानको माया र उचित स्याहार बाट वञ्चित हुन नपरोस् भनि सन्तानलाई हौशला र प्रेरणा स्वरुप यो सम्मान गरेको जानकारी दिए । उनले आफ्ना सन्तानबाट टाढा रहेर वृद्धा आश्रममा बस्नु नपरोस् र आफ्नो सन्तानको साथमा खुसीसाथ जीवनयापन गर्न सकोस् भन्ने उदेश्यले यस कार्यक्रमलाई निरन्तरता दिएको बताए ।
प्रतिक्रिया दिनुहोस