भुसा काट्ने मेसिन पल्टिएर किच्दा बेथानचोककी बालिकाको मृत्यु

Post Thumbnail
  • २०७८ फागुन २२, आईतबार मा प्रकाशित ३ साल अघि
  • ६१६ पाठक संख्या

  • बेथानचोक गाउँपालिका ३ लुर्कु चनौटे बस्ने रोशन श्रेष्ठकी छोरी ५ वर्षीया रीतिका श्रेष्ठको आफ्नै घरमा खेल्ने क्रममा भुसा काट्ने मेसिन पल्टिएर किच्दा शनिबार दिउँसो मृत्यु भएको छ ।

    मेसिनले किचेर गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबबारे प्रहरी चौकी ढुङ्खर्कबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस