नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
यसअघि मूल्य बढाएको दुई हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले आज विहबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५० रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३३ रुपैयाँ तोकिएको छ ।
खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ६६५ रुपैयाँ घाटा हुँदा पनि मूल्य नबढाइएको निगमले जनाएको छ ।
साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ ।
प्रतिक्रिया दिनुहोस