संसद भवन अगाडि ‘बम’ राख्ने काभ्रेका महत पक्राउ

Post Thumbnail
  • २०७८ फागुन १८, बुधबार मा प्रकाशित ४ साल अघि
  • ९१० पाठक संख्या

  • प्रतिनिधिसभा संसद भवन अगाडि नक्कली प्रेसरकुकर बम राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार राति काभ्रेको भुम्लु गाउँपालिका—२ का सुवास महतलाई काठमाडाैंबाट पक्राउ गरेको हो ।

    गत आइतबार प्रतिनिधि सभाबाट एमसिसी पारित भएपछि छ दल र दुई मोर्चाले सोमबार बन्द आह्वान गरेका थिए। सोही दिन संसद भवन अगाडि सडकमा तारले जेलिएको अवस्थामा प्रेसर कुकर फेला परेको थियो।

    घटनामा संलग्न अर्का एक जनालाई प्रहरीले खोजी गरिरहेको पनि जनाइएको छ । महत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनअन्तर्गत पशुपति बहुमुखी क्याम्पस इकाइ अध्यक्ष रहेको खुलेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस