महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट पूर्वमन्त्री राजेन्द्र खरेल सम्मानित

Post Thumbnail
  • २०७८ फागुन १७, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४७७ पाठक संख्या

  • महेन्द्रनारायण निधिको १०० औं जन्मजयन्तीमा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेल यस वर्षको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्।

    महेन्द्रनारायण निधिको १०० औं जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा खरेललाई नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गरिएको हो।

    राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई नगद पुरस्कार प्रदान गरेकी हुन्। राष्ट्रपति भण्डारीले खरेलसहित झापाका पुराना कांग्रेस नेता पूर्णानन्द शर्मा दाहाललाई पनि नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गरेकी छन्।

    यसैगरी राष्ट्रपति भण्डारीले यस वर्षको प्रेमसागरी देवी निधि पुरस्कारबाट सरस्वती चौधरी र सुवर्ण ज्वारचनलाई नगद एक लाख एक हजार रुपैंयासहित सम्मान गरेकी छन्।

    कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा महेन्द्रनारायणले युवावस्थादेखि गरेको संघर्षको चर्चा गरेकी थिइन्। उनले अहिंसात्मक आन्दोलनका पक्षपाती निधिले सधैं सत्य, न्याय र समानताका पक्षमा आफूलाई उभ्याएर एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिन्।

    प्रतिक्रिया दिनुहोस