पुलबजारको बिच सडकमा ‘नो एमसीसी’ लेखिएको शंकास्पद बस्तु, बम भएको आशंका

Post Thumbnail
  • २०७८ फागुन १६, सोमबार मा प्रकाशित २ साल अघि
  • ६९३ पाठक संख्या

  • अरनिको राजमार्ग अन्तर्गत बनेपा १० पुलवजारको बिच सडकमा ‘नो एमसीसी’ लेखिएको शंकास्पद बस्तु देखिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

    इलाका प्रहरी कार्याललय बनेपाका अनुसार अहिले प्रहरीले सुरक्षा दिएर राखिएको र नेपाली शेनाले डिस्पोजको तयारी गरिरहेको जानकारी दिएको छ । शंकास्पद बस्तु बम हो वा होईन डिस्पोज गरेपछि मात्र थाहा हुनेछ ।

    हिजो संसदबाट एमसीसी पास भएपछि ६ राजनैतिक दलले आज बन्दको आयोजना गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस