बनेपाकाे ढुंगाखानीमा पहिरो जाँदा एकजनाको मृत्यु, दर्जन पुरिएको आशंका

Post Thumbnail
  • २०७८ फागुन १५, आईतबार मा प्रकाशित ३ साल अघि
  • १३३४ पाठक संख्या

  • बनेपा नगरपालिका– १४ मा सञ्चालित ढुंगाखानीमा पहिरो जाँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । आशापुरी खनिज उद्योगमा पहिरो जाँदा दुईजना व्यक्तिको घाइते अवस्थामा उद्धार भएको छ भने दर्जन मानिस पुरिएको हुन सक्ने आशंका गरिएको छ ।

    स्थानीय शिक्षक सरोज सापकोटाका अनुसार धेरैवटा सवारीसाधन र एक्स्काभेटर, टिपर पुरिएको छ ।  आठ–नाैवटा टिपर, ट्रक,  एक्स्काभेटरलगायत पुरिएजस्तो देखिन्छ  सापकोटाले भने ।
    अहिलेसम्म पहिरो खसिरहेको सापकोटाले जानकारी दिए । तलबाट एक्स्काभेटर तथा डोजरले ढुंगा निकाल्दै जाँदा ओडारजस्तो बनेर पहिरो गएको सापकोटाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस