कांग्रेस-एमालेका नेताहरू सम्मिलित बालकोट बैठक बिनानिष्कर्ष टुंगियो

Post Thumbnail
  • २०७८ फागुन १३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ६१७ पाठक संख्या

  • नेपाली कांग्रेस र एमालेका नेताहरूबीच बालकोटमा शुक्रबार भएको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

    बैठकमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले पहिले एमसीसीलाई अनुमोदन गर्ने र त्यसपछि अन्य विषयमा छलफल गरेर अगाडि बढ्ने प्रस्ताव एमाले नेताहरूलाई गरेका थिए ।

    एमालेका नेताहरूले भने १४ जना सांसद्लाई कारबाही गर्ने वा सभामुखको राजीनामा मागको अडान दोहोर्‍याएका थिए ।

    तस्वीर  एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईको फेसबुकबाट साभार

     

    प्रतिक्रिया दिनुहोस