बालकोटमा कांग्रेस-एमालेका नेताहरूबीच छलफल जारी

Post Thumbnail
  • २०७८ फागुन १३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ५१५ पाठक संख्या

  • प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसहित कांग्रेस र एमालेका प्रमुख नेताहरूबीच बालकोटमा छलफल भइरहेको छ ।

    एमसीसी लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवासहित कांग्रेसका नेताहरू शुक्रबार साँझ ओली निवास बालकोट पुगेका हुन् ।

    छलफलमा देउवा र ओलीसहित सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेस महामन्त्री गगन थापा, पूर्णबहादुर खड्का, एमालेका नेताहरू प्रदीप ज्ञवाली, शंकर पोखरेल लगायत सहभागी छन् ।

    एमसीसी लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे उनीहरूको छलफल केन्द्रित रहेको बताइएको छ ।

    तस्वीर  एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईको फेसबुकबाट साभार

    प्रतिक्रिया दिनुहोस