नेपाली काँग्रेस काभ्रेले काभ्रेका १३ पालिका सभापति तथा १ सय ३५ वडा सभापतिहरुलाई एक दिवसीय प्रशिक्षण दिएको छ ।
नेपाली काँग्रेस काभ्रेको फागुन १ देखि ७ गते सम्म हुने अभियानको पूर्व सन्ध्यामा काँग्रेस काभ्रेले १३ पालिका सभापति तथा १ सय ३५ वडा सभापतिहरुलाई एक दिवसीय प्रशिक्षण दिएको हो । काभ्रे काँग्रेसले एक हप्तामा प्रत्येक वडामा वडा कार्यसमितिलाई पूर्णता दिने, भातृ एवं शुभेच्छुक संस्थाहरु गठन गर्ने, सदस्य वितरण अभियान सञ्चालन गर्नुपर्ने, टोल टोल भेला गरी टोल समिति गठन गर्नुपर्ने तथा अन्तिम दिन फागुन ७ गते वडा वटा पार्टीका विभिन्न तहमा पुुगेका व्यक्तीहरुलाई सहभागिता गराएर प्रत्येक वडा कार्यसमितिको कार्यालय स्थापना गर्न प्रशिक्षण मार्फत निर्देशन दिएको छ ।
सहभागिहरुलाई नेपाली काँग्रेसले निर्वाचनमा गर्नुपर्ने भूमिका, संगठन निर्माण, उम्मेदवार छनौट, सभापतिले गर्नुपर्ने काम, कर्तव्य र अधिकारका विषयमा समेत जानकारी गराइएको थियो ।
नेपाली काँग्रेसका सभापति तीर्थ लामाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मीन विश्वकर्मा, केन्द्रीय सदस्य एवं काभ्रे काँग्रेसका निवर्तमान सभापति मधुप्रसाद आचार्य, केन्द्रीय सदस्य गणेश लामा, बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, नेपाली काँग्रेसका नेता अच्युत पौडेल, जिल्ला उपसभापति ठाकुर न्यौपाने र रमेशप्रसाद हुमागाई, सचिव गुणराज मोक्तान र माधव ढकाल, प्रतिनिधिसभा क्षेत्र न १ का सभापति दिनेश लामा, प्रतिनिधिसभा क्षेत्र न २ का सभापति एवं पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, प्रदेश सभा क्षेत्रीय सभापतिहरु रामहरी श्रेष्ठ, राम लामा, चन्द्र लामा, हेम लामा, महिला संघ काभ्रेका अध्यक्ष शुभलक्ष्मी मानन्धर लगायतले प्रशिक्षणात्मक मन्तब्य राखेका थिए ।
जिल्लाका १३५ वडा र १३ पालिका मै नेपाली काँग्रेसको जीत सुनिश्चितताका लागि वडा सभापतिलाई प्रशिक्षण दिएको नेपाली काँग्रेस जिल्ला सभापति तीर्थ लामाले जानकारी दिए । उनले नेपाली काँग्रेस काभ्रेलाई एकजुट बनाएर निर्वाचनमा लैजान प्रशिक्षण दिइएको जानकारी दिए ।
प्रशिक्षण कार्यक्रममा १३५ वडा सभापति, १३ गाउँ/नगर सभापति, भातृ तथा शुभेच्छुकका सभापति, प्रदेश क्षेत्रिय समितिका पदाधिकारी लगायतको सहभागिता रहेको नेपाली काँग्रेसका जिल्ला सचिव गुणराज मुक्तानले जानकारी दिए ।
काभ्रेमा छ नगरपालिका र सात गाउँपालिकामा १३५ वडा छन् ।
प्रतिक्रिया दिनुहोस