स्थानीय तहको निर्वाचन घोषणा लगत्तै आयोगले स्थगित गर्‍यो मतदाता नामावली संकलन

Post Thumbnail
  • २०७८ माघ २४, सोमबार मा प्रकाशित ३ साल अघि
  • ८७८ पाठक संख्या

  • निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ ।

    आयोगका अनुसार आज सोमबार दिनभर भएको मतदाता नामावली दर्ता मान्य हुनेछ । आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो ।

    सरकारले आगामी बैशाख ३० गते निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ ।

    निर्वाचनको मिति घोषणा भएको अनौपचारिक जानकारी पछि सोमबार बसेको आयोगको बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय गरेको हो ।

    अहिलेसम्म संकलन भएको नामावली निर्वाचन आयोगले वडा तहमा प्रकाशित गर्नेछ र त्यसमा दावी विरोध भए उजुरी दिन आह्वान गर्नेछ । र दावी विरोध भए छानबिनपछि अन्तिम नामावली प्रकाशित हुनेछ । त्यही अन्तिम नामावलीमा परेका मतदाताहरुले मात्रै आगामी स्थानीय निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

     

     

    प्रतिक्रिया दिनुहोस