काभ्रेमा कोरोना संक्रमण हुने भन्दा मुक्त हुने बढे

Post Thumbnail
  • २०७८ माघ १९, बुधबार मा प्रकाशित २ साल अघि
  • ३८३ पाठक संख्या

  • काभ्रेमा कोरोना संक्रमण हुने भन्दा मुक्त हुनेको संख्या बृद्धि भएको छ । केहि दिन अघि सम्म संक्रमण दर बढेकोमा अहिले संक्रमण मुक्त दर बढेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

    बुधवार जिल्लामा २८ जना कोरोना संक्रमितका विरामी थपिदा ३ सय १५ जना कोरोना संक्रमणमुक्त भए ।

    पछिल्लो २४ घण्टामा गरिएको ६५ वटा पिसिआर र ११ वटा एन्टिजेन गरी ७६ परीक्षणमा २२ वटा पिसिआर र ६ वटा एन्टिजेन गरी २८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४९ पुगेको छ । जसमध्ये १६ हजार ५ सय ३४ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

    जिल्लामा अहिले २ सय ९२ जना महिला र ३ सय २८ जना परुष गरी ६ सय २० जना सक्रिय कोरोना संक्रमित रहेका छन ।

    प्रतिक्रिया दिनुहोस