जिल्ला प्रशासन कार्यालय काभ्रेले विद्युतीय राहदानी (ई पासपोर्ट) वितरण सुरु गरेको छ ।
काभ्रेमा जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ई–पासपोर्ट सेवाको शुभारम्भ गरेकी हुन् ।
यसअघि जिल्लामा मेसिन रिडेवल पासपार्ट (एमआरपी) वितरण हुँदै आएकोमा अब विद्युतीय राहदानी वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारका अनुसार अनलाइन माध्यमबाट घरमै बसेर विवरण भरेपछि जिल्ला प्रशासन कार्यालयमार्फत रुजु गरिन्छ । ई पासपोर्टको लागि राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरिएको छ । विवरण रुजु गरेपछि ५ हजार तिरेर जिल्ला प्रशासनबाट र अतिरिक्त पैसा तिरेर विभागबाट राहदानी नै लिन सकिने सुनुवारले जनाए ।
त्यसो गरिँदा सम्बन्धित व्यक्तिबाहेक अरूले कुनै पनि तरिकाले पासपोर्ट लिन नसक्ने र नक्कली काम नहुने र एमआरपीको तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित छ । सरकारले काठमाडौंस्थित राहदानी विभागबाट मंसिर १ गतेदेखि ई–पासपोर्ट वितरण सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस