काभ्रेमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार मृत्यु हुनेमा धुलिखेल नगरपालिकाका ८५ वर्षीय पुरुष छन् ।
श्वासप्रश्वास रोग सम्बन्धि उपचारको क्रममा शीर मेमोरियल अस्पतालमा रहेका ती पुरुषको मृत्यु भएको कार्यालयका प्रमुख डा. पुरुषोत्तम सेढाईले जानकारी दिए । उनका अनुसार मृतकमा ४ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस