काभ्रेको जनसंख्या घट्यो, सबैभन्दा बढि बनेपामा, सबैभन्दा कम खानीखोला गाउँपालिकामा

Post Thumbnail
  • २०७८ माघ १२, बुधबार मा प्रकाशित २ साल अघि
  • १२०८ पाठक संख्या

  • जनगणना २०७८ को प्रारम्भिक नतिजामा काभ्रेपलाञ्चोक जिल्लाको तथ्याङ्कमा २०६८ को भन्दा कम भएको छ ।

    तथ्याङ्कमा २०५८ मा भन्दा २०६८ मा ० दशमलब १ प्रतिशतले घटेको थियो भने २०७८ मा झन धेरै ० दशमलब ३९ प्रतिशतले घटेको छ । २०७८ मा जिल्लाको कुल जनसंख्या ३ लाख ६६ हजार ८ सय ७९ रहेको छ । जसमा १ लाख ८० हजार ९ सय ६७ पुरुष र १ लाख ८५ हजार ९ सय १२ महिला रहेका छन् । २०६८ सालमा जिल्लाको जनसंख्या ३ लाख ८१ हजार ९ सय ३७ थियो । २०५८ सालमा जिल्लाको जनसंख्या ३ लाख ८५ हजार ६ सय ७२ थियो ।

    जनगणना २०७८ मा जिल्लामा ८३ हजार ९ सय ३२ घर संख्या कायम भएका छन् । परिवारसंख्या भने ९३ हजार १ सय ८९ रहेको तथ्याङ्कमा उल्लेख छ ।

    परिवारको औसत आकार ३ दशमलब ९४ रहेको छ । जनघनत्व २६३ रहेको छ । जनगणना २०७८ मा १९ हजार ५ सय ७६ जनसख्ंया अनुपस्थित रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जसमा १४ हजार ४ सय ६६ पुरुष र ५ हजार १ सय १० महिला रहेका छन् । प्रतिशतका आधारमा ० दशमलब ९० रहेको छ ।

    तथ्याङ्क विभागले सार्वजनिक गरेको जिल्लाका १३ वटा स्थानीय तहहरुको तथ्याङ्क अनुसार सबै भन्दा धेरै बनेपा नगरपालिकाको जनसंंख्या ६७ हजार ६ सय २९ रहेको छ । १२ हजार १ जना नगरपालिकाको जनसंख्या थप भएको छ । त्यस्तै सबैभन्दा कम जनसंख्या रहेको स्थानीय तहमा खानीखोला परेको छ । खानीखोलामा १२ हजार ३ सय ७५ जनसंख्या रहेको छ । पनौती स्थानीय तह मध्ये दोश्रो धेरै जनसंख्या रहेको नगर बनेको छ । नगरको जनसंख्या ५२ हजार ७८ पुगेको छ । २०६८ सालमा ४६ हजार ५ सय ९५ जनसंख्या रहेकोमा २०७८ मा ५ हजार ४ सय ८३ थप भएको छ ।

    धुलिखेल नगरपालिका तेश्रो भएको छ । धुलिखेलमा ३६ हजार १ सय ८३ जनसंख्या रहेको छ । २०६८ सालमा ३२ हजार १ सय ६२ जनसंख्या रहेकोमा २०७८ मा ४ हजार २१ जना धुलिखेलमा थप भएका छन् । स्थानीय तह मध्ये पाँचखाल नगरपालिका चौथो बढि नगरमा परेको छ । पाँचखाल नगरपालिकामा ३५ हजार ९ सय ९२ जनसंख्या रहेको छ । २०६८ सालमा ३७ हजार ९ सय ९७ रहेको पाँचखालमा २०७८ मा २ हजार ५ जना घटेका छन् । मण्डनदेउपुर नगरपालिकामा ३१ हजार २ सय ६१ रहेको छ । २०६८ सालमा ३२ हजार ६ सय ५९ जनसंख्या रहेकोमा २०७८ मा १ हजार ३ सय ९८ घटेको छ । नमोबुद्ध नगरपालिकामा २६ हजार २ सय ८० जनसंख्या रहेको छ । नमोबुद्धमा २०६८ सालमा २९ हजार ५ सय १९ रहेको थियो ।

    गाउँपालिका मध्ये सबैभन्दा बढि जनसंख्या रोशीमा रहेको छ । रोशी गाउँपालिकामा २३ हजार ५ सय ११ जनसंख्या रहेको छ । तेमाल गाउँपालिकामा १६ हजार ९ सय ५९ जनसंख्या रहेको छ । महाभारत गाउँपालिकामा १६ हजार १ सय ४८ रहेको छ । भुम्लु गाउँपालिकामा १५ हजार ८ सय ५८ जनसंख्या रहेको छ । बेथान्चोक गाउँपालिकामा १४ हजार ९ सय ९६ जनसंख्या पुगेको छ । चौरीदेउराली गाउँपालिकामा १४ हजार १ सय ६ जनसंख्या रहेको छ ।

    प्रतिक्रिया दिनुहोस