बेथानचोकमा भिरमा खसेका बालकको मृत्यु

Post Thumbnail
  • २०७८ माघ १, शनिबार मा प्रकाशित ३ साल अघि
  • ६६२ पाठक संख्या

  • बेथानचोकमा भिरमा खसेका बालकको मृत्यु भएको छ ।

    आफन्त सहित बेथानचोक घुम्न गएका पनौती ६ का बर्ष १२ का सौरभ सापकोटा माथी डाँडाबाट हिउँमा चिप्लिएर १ सय मिटर भन्दा तल पुगेका थिए ।

    बेथान्चोक नारायण स्थान नजिक भिरबाट खसेका बालकको उद्वारमा नेपाली सेनाको काली जंग गण, नेपाल प्रहरी, शसस्त्र , स्थानीयहरुले भिरबाट लडेका बालकलाई उद्वार गरेका थिए ।

    आफ्नै आफन्तसँग घुम्नका लागि बेथानचोक पुगेका सापकोटाको शव नारायण स्थानबाट १ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

    उनका अनुसार सौरभ बिहानको ३ बजे भिरबाट खसेका थिए । उनको १२ घण्टापछि दिउँसो ३ बजे सेना, प्रहरी र स्थानीयले भिरबाट शव झिकेका थिए । शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल ल्याइएको छ ।

    यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक खतिवडाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस