चौरी देउरालीका किसानलाई कृषि औजार

  • २०८२ जेष्ठ २१, बुधबार मा प्रकाशित १ हप्ता अघि
  • १७ पाठक संख्या

  • चौरी देउराली/ चौरींदेउराली गाउँपालिकाका किसानहरुलाई आधुनिक कृषि औजार वितरण गरिएको छ । पालिकाको अध्यक्ष रेणुका चौलागाईंको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत माहनदास लामाको उपस्थितिमा गाउँपालिका भित्रका विभिन्न वडाका किसानहरुलाई कृषि औजार वितरण गरिएको हो ।  गाउँ पालिकाको ५० प्रतिशत अनुदानबाट २९ लाख ५० हजार र किसानहरुको ५० प्रतिशत लागत सहभागीमा २९ लाख ५० हजार गरि जम्ममा ५९ लाख बजेटमा खरिद गरिएका कृषि सामग्री हिजो वितरण गरिएका हो ।  मिनिटिलर ९० वटा, कुटानी पिसानी मिल ६९ वटा, मकै छोडाउने मेसिन २७ वटा, इलेक्ट्रोनिक स्प्रेयर ६० वटा, पिसानी मिल ३ वटा, ट्याक्टर १ वटा र बाँदर धपाउने यन्त्र ५ वटा औजारहरु वितरण गरिएको पालिकाका कृषि विकास शाखा प्रमुख रोज कुमार शर्माले जानकारी दिनुभयो । आधुनिक कृषि औजार पाएपछि किसानहरु खुशी भएका छन् । कम जनशक्ति र लागतमा खेतीपाती गरेर कृषि उत्पादन बढाउन सकिने किसानहरुको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस