जिल्ला सहकारी संघ काभ्रेको ४१ औं बार्षिक साधारणसभा सम्पन्न

  • २०७९ पौष २३, शनिबार मा प्रकाशित २ साल अघि
  • ८१३ पाठक संख्या

  • जिल्ला सहकारी संघ लि. काभ्रेको ४१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    साधारणसभाको राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बि उप्रेतीले उदघाटन गरेका थिए । संघको ७ करोडको लगानीमा निर्माण भएको आफ्नै भवनमा भएको साधारणसभामा बोल्दै राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष उप्रेतीले हाल सहकारीमा देखिएको समस्याहरुलाई निराकरण गर्नका लागि जिल्ला सहकारी संघ लिले अबलम्बन गरेका नीति, योजना तथा कार्यक्रमलाई सफल पार्न सबै जना एक भएर लागनुपर्नेमा जोड दिए । सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका लागि सहकारीहरुले उत्पादन, बजारीकरणमा लाग्नुपर्ने र ठूला लगानीलाई निरुत्साहित नगरी स–साना लगानीका क्षेत्रमा ध्यान दिई जिविकोपार्जन, आयआर्जन सहितका योजना पस्कने योजना ल्याउनुपर्नेमा जोड दिएका थिए ।

     

    संघका अध्यक्ष दिलिप शर्माको सापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष बिनोद न्यौपाने, कोअपरेटिभ मेनेजर्स क्लवका अध्यक्ष मदन बस्नेत, प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ लि.का सल्लाहकारहरु टिकाबल्दभ सापकोटा र मुकुन्द दाहालले शुभकामना मन्तब्य राखेका थिए ।

    कार्यक्रममा संघका अध्यक्ष शर्माले संघको आगामी २०७९/०८० का लागि २९ वटा नीति, योजना तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए भने आ. व. २०७८/०७९ का प्रगती सचिव निरन्जन बिष्ट, आर्थिक विवरण कोषाध्यक्ष राजन शाक्य, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सरस्वती चिमौरीयाले प्रस्तुत गरेका थिए ।

    अण्डग्राउण्ड पार्किंग सहित ५ ढलान सहित निर्माण भएको नयाँ भवनमा भएको कार्यक्रममा जिल्ला सहकारी संघ लि.मा आबद्ध ५४४ वटा सहकारी संस्थाहरु मध्ये ३ सय भन्दा धेरै सहकारी संस्थाहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस