बागमती प्रदेश सरकारको सहयोगमा रसकमल कृषि सहकारीले मण्डनमा बाँढ्यो कृषि उपकरण

Post Thumbnail
  • २०७९ अषाढ १७, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ५०० पाठक संख्या

  • मण्डनदेउपुरमा रहेको रसकमल स्मृति कृषि सहकारी संस्था लि.ले बागमती प्रदेश सरकारको सहयोगमा कृषकहरुलाई कृषि यन्त्र तथा उपकरण वितरण गरेको छ ।

    प्रधानमन्त्री कृषि आधुकिकरण परियोजना तोरी ब्लक विकास कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा १ सय ६ जना कृषकलाई मिनीपावर हाते ट्याक्टर तथा ६० कृषकलाई स्प्रे पम्प वितरण गरिएको रसकमल स्मृति कृषि सहकारी संस्था लि.का अध्यक्ष एवं मण्डनदेउपुर नपा वडा नं ८ का अध्यक्ष निरञ्जन विष्टले जानकारी दिए ।

    कृषकहरुलाई एक कार्यक्रमका बिच मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाईवा, उपप्रमुख विष्णुमणी नेपाल, कृषि ज्ञान केन्द्र धुलिखेलका प्रमुख तेज प्रसाद दवाडीले कृषि यन्त्र तथा उपकरण वितरण गरेका थिए ।

    कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख वाईवा, उपप्रमुख नेपाल र कृषि ज्ञान केन्द्र धुलिखेलका प्रमुख दवाडीले कृषकले प्राप्त गरेका उपकरणको सही सदुपयोग गरेर कृषि उत्पादनमा जोड दिन कृषकहरुलाई सुझाएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस