शनिबार स्कूल बिदा हुन्छ । विदा भएपनि १० बज्नासाथ बनेपा २ घिमिरेगाउँमा रहेको स्वेत बराह माविको गेट खुल्यो । गेट खुल्नासाथ विद्यार्थी पढ्ने स्कुलमा गाईबस्तुको लर्को लाग्यो । वरीपरीका व्यक्तीहरु छक्क परे । विद्यालयमा गाईबस्तुको लर्को ? शुरुमा स्थानीय नवराज घिमिरेले आफ्नो गाई स्कुलको ग्राउण्डमा प्रवेश गराए । एकै छिनमा नवराजको मात्र होइन गाई, बाख्रा डोराएर स्कूल आउने गाउँलेहरुको लर्को लाग्यो । केहि व्यक्तीहरुलाई अनौठो पनि लाग्यो अरु बेला हास्दै, उफ्रिँदै निलो ड्रेस लगाएर विद्यार्थी खेल्ने चौरमा आज गाई बाख्रा खेलिरहेका थिए । अनौठो मान्ने व्यक्तीहरु जव स्कुल परिसरमा पुगे तव थाहा पाए । त्यहाँ त पशु चौपायको स्वास्थ परीक्षण गर्न पो भेला गराईएको रहेछ ।
नेपाल पारा भेटेरिनरी लाइभस्टक एशोसियसन बनेपा नगपालिकाको आयोजना र बनेपा नगरपालिका पशु सेवा शाखा , भेटेरिनरी अस्पताल सहित आधा दर्जन भेटेरिनरी पसलको सहयोग र केही औषधी कम्पनी सहितको सहयोगमा चलेको एक दिने पशु स्वास्थ्य शिविरमा स्थानिय ८३ जाना पशुपालक किसानलाई विभिन्न प्रकारका औषधि वितरण गरिएको थियो । भने केही पशु चौपायलाई मेडिकल उपचार गरिएको थियो । डा.गणेश बञ्जारा, डा.अमृत देउजा लगायत सोही वडामा कार्यरत प्राविधिक उमेश घिमिरे लगायतका प्राविधिकले उपस्थिती किसानलाई परामर्श दिएका थिए । कार्यक्रमको बागमती प्रदेशका कृषि तथा पशुपंछी विकास मंत्री बसुन्धरा हुमागाईले कार्यक्रमको ब्यानर वाचन गरेर शिविरको उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेभ्ला काभ्रेका अध्यक्ष कृष्ण सापकोटा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख राजकुमार हुमागाईं, बनेपा वडा नं २ का वडा अध्यक्ष हरिशरण घिमिरे, बनेपा नगरपालिका पशु सेवा शाखाका प्रमुख राम सुन्दर सापकोटा लगायतले पशुपंछी विकासको लागि भएको प्रयास र भावी मार्गमा देखिएको समस्या र सामाधानको पहलका विषयमा आ आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस