२०८३ आश्विन ८, बिहिबार  | Thu, 24, Sep, 2026

पनौतीमा १ लाख पुरस्कार राशीको योगेन्द्र स्मृति कप तयारी अन्तिम चरणमाः

  • २०८० आश्विन १६, मंगलबार मा प्रकाशित २ साल अघि
  • ८१५ पाठक संख्या

  • पनौती नगरपालिकामा असोज २० गतेदेखी कातिक ३ गतेसम्म सञ्चालन हुने योगेन्द्र स्मृति कप २०८० को तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।

    पनौतीका फुटबल खेलाडी स्वर्गीय योगेन्द्र तामाङको स्मृतिमा असोज २० गतेदेखी कातिक ३ गतेसम्म क्षेत्रीय रंगशाला पनौतीमा यो खेल आयोजना गर्न लागिएको आयोजक सदस्य प्रतिक महतले जानकारी दिनुभयो । महतका अनुसार प्रतियोगितामा काठमाडौँ, भक्तपुर र ललितपुरका गरी जम्मा २२ टिमले सहभागिता जनाउनेछन् । जसमा १८ टिम सम्पर्कमा आइसकेका महतले बताउनुभयो । महतका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख रुपैयाँसहित मेडल, ट्रफी तथा प्रमाणपत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार रुपैयाँसहित मेडल, ट्रफी तथा प्रमाणपत्र पाउनेछन् ।

    प्रतियोगितामा उत्कृष्ट खेलाडी, इमर्जिक खेलाडी, हाई स्कोरर र उत्कृष्ट कोलकिपरको लागि पनि ट्रफी, मेडल सहितको पुरस्कारको व्यवस्था रहेको आयोजक समूहले बताएको छ ।

    काभ्रेमा अनुभवी र स्तरीय खेलाडी उत्पादन गर्ने लक्ष्यका शुरु हुन लागेको प्रतियोगिताले ‘खेलाडीहरुलाई हामीले पनि भोली यो ठाउँ छोडेर जादा या राम्रो फुलबल खेल्यौँ भने हाम्रो सम्झनामा यस्तो खेल हुन सक्छ भन्ने प्रेरणा दिने महतले भन्नुभयो । प्रतियोगिताको अनुमानित लागत ११ लाख रहेको छ । पनौती नगरपालिकाका साथै अन्य पालिकाबाट पनि सहयोग हुने आयोजकको भनाई छ । यस्तै विभिन्न मुलकमा रहेका पनौतीका खेलप्रेमी, विभिन्न संघसंस्थाहरुबाट प्रतियोगिताका लागि सहयोग प्राप्त भएको आयोजक सदस्य महतले बताउनुभयो । खेल एन्फाबाट लाईसन्स प्राप्त रेफ्रिहरु बाट सञ्चालन हुने उहाँको भनाई छ ।

    हाल मैदानको व्यवस्थापन, टिम दर्ता गर्ने काम भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस