युक्रेनसँग वार्ताका लागि रुस तयार

Post Thumbnail
  • २०७८ फागुन १३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • १३५६ पाठक संख्या

  • रुसले युक्रेनसँग वार्ताको प्रस्ताव गरेको छ ।

    बिहीबारदेखि रुसले युक्रेनका विभिन्न सहरमा आक्रमण गरेपछि दुई देशबीच तनाव चर्किएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुसी आक्रमणमा करिब १४० जना युक्रेनीको मृत्यु भएको छ ।

    रुसको सरकारी समाचार संस्था आरआईएका अनुसार युक्रेनलाई ुतटस्थ घोषणा गर्नका लागि रुसले वार्ता गर्न चाहेको हो । साथै युक्रेनले सेनाको संख्यामा समेत कटौती गर्नुपर्ने रुसले सर्त अघि सारेको छ ।

    त्यस्तै युक्रेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध हुन नहुने पनि रुसी सर्त रहेको छ । त्यस्तै युक्रेन मामिलामा अमेरिका र अन्य मुलुकसँगको वार्ताका लागि पनि रुसले नेटोमा युक्रेनलाई सदस्य बनाउने पक्रियाबाट पछि हट्नुपर्ने बताएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि पुटिनसँग वार्ता गर्नका लागि अपिल गरेका थिए ।

    क्रेमलिनले रुस र युक्रेन सम्बन्धमा महत्त्वपूर्ण मानिएको बेलारुसको राजधानी मिन्स्कमै वार्ताको सर्त अघि सारेको हो । पूर्वी युक्रेनमा रुस समर्थक विद्रोही र युक्रेनी सेनाबीचको रक्तपातपूर्ण संघर्षपछि पनि सन् २०१४ र २०१५ मा मिन्सकमै सम्झौता भएको थियो । सन् २०१५ को फेब्रुअरीमा मिन्स्कमा जर्मनी र फ्रान्सका नेताको उपस्थितिमा रुस र युक्रेनबीच सम्झौता भएको थियो ।

    प्रतिक्रिया दिनुहोस