काभ्रेमा हुमकला पाण्डे नयाँ सिडियो

  • २०७८ पौष २४, शनिबार मा प्रकाशित १ साल अघि
  • ७०५ पाठक संख्या

  • गृहमन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन गरेको छ ।

    मन्त्रालयले सहसचिव हुमकला पाण्डेलाई काभ्रे जिल्लाको सिडियोको रुपमा जिम्मेवारी दिएको छ भने यस अघि सिडियोको रुपमा कार्यरत शिवराम पोखरेललाई गृह मन्त्रालय सरुवा गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोला गृह मन्त्रालयमा सरुवा भएका छन् ।

    त्यसैगरी सल्यानका प्रजिअ लक्ष्मीदेवी होमागाई मन्त्रालय सरुवा गरिएको छ । उनको ठाउँमा विपिन आचार्यलाई पठाइएको छ ।

    यस्तै कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य मन्त्रालयमा तानिएका छन भने, उपसचिव रामहरि शर्मा कालिकोटको प्रजिअ बनेका छन् । सहसचिव सुमन घिमिरेलाई नवलपरासी पूर्वाको जिम्मेवारी दिइएको छ ।

    बुधवार मात्रै मन्त्रालयले १४ जिल्लाका प्रजिअ र सहायक प्रजिअ हेरफेर गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस