लेखापढी कानुन व्यवसायी संघ काभ्रेको अध्यक्षमा पुनः रोशन

  • २०७८ पौष २४, शनिबार मा प्रकाशित १ साल अघि
  • ६८७ पाठक संख्या

  • नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन जिल्ला शाखा काभ्रेपलान्चोकको पन्ध्रौ साधारणसभा तथा छैटौं अधिवेशनले रोशन कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

    बनेपामा भएको अधिवेशनले उपाध्यक्षमा धुर्ब दाहाल, सचिवमा कुमार प्रसाद मैनाली, कोषध्यक्षमा दामोदर बजगाई, सह सचिवमा मुकुन्द दुलाल चयन भए । त्यस्तै सदस्यहरुमा नवराज श्रेष्ठ, जानुका तिमल्सिना , नवीन सापकोटा, जिल्ला दोर्जे लामा, बिनिता रानाभाट तथा तुलसा श्रेष्ठ निर्वाचित भए । त्यस्तै सल्लाहकारहरुमा माधव सिग्देल, फनिन्द्र प्रसाद जङ्गम, टीका प्रसाद घोरसाइने, गणेश मान प्रजापति, शिव प्रसाद पराजुली निर्वाचित भए । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिमा संयोजक जया शाहा तथा सदस्यहरुमा केदार नाथ बजगाई , कृष्ण बजगाइ, अचुत सन्जेल, नवीन खडका निर्वाचित भएको अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए ।

    अधिवेशनको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले उद्घाटन गरेका थिए । कार्यक्रममा मन्त्री ढकालले संविधान पूर्ण रुपमा कार्यान्वयन हुन नसक्नु नै देशको अहिलेको प्रमुख समस्या भएको बताए ।

    ‘उनले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्नुपर्छ भनेर हाम्रो संविधानमा लेखिएको हुनाले समाजवाद उन्मुख अर्थतन्त्र विकासको लागि देशलाई आत्मनिर्भर बनाउनेतिर सबैको ध्यान हुनुपर्ने बताए ।

    कार्यक्रममा नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन केन्द्रका महासचिव कृष्ण प्रसाद दाहाल, मालपोत अधिकृत नविन किशोर अधिकारी, नापी अधिकृत सुरेश मानन्धर, काभ्रे घर जग्गा महासंघका महासचिव गणेश कुमार तामाङ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना लगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रममा लेखापढि कानुन व्यवसायमा २५ बर्ष काम गरेका अग्रजहरु तथा पत्रकारको तर्फवाट मोतिराम तिमल्सिनालाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस