केही दिन यता काभ्रेमा नयाँ कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ ।
जिल्ला स्वास्थ्य कार्याल काभ्रेका अनुसार काभ्रेमा आज थप १६ जनामा कोरोनाको नयाँ संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरीएको १७ वटा पिसिआर परीक्षणमा १२ जनालाई पोजेटिभ तथा ९ वटा एन्टिजेन परीक्षणमा ४ वटा पोजेटिभ रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो थपिएसँगै काभ्रेमा १६ जना महिला र २२ जना पुरुष गरी ३८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
योसँगै काभ्रेमा कुल कोरोना संक्रमितको संख्या १४ हजार ८ सय ७७ पुगेको छ । जसमध्ये १४ हजार ६ सय ४६ जना उपचारपछि संक्रमणमुक्त भएका छन् । अहिलेसम्म काभ्रेका १ सय ९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस