मण्डनदेउपुर/उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले शिक्षालाई प्राथमिकताका राखेको बताउनुभएको छ ।
डेडीथुम्का माध्यमिक विद्यालयको ४६ओैं वार्षिकोत्सवका अवसरमा उपप्रधानमन्त्री सिंहले आर्थिक वर्ष ०८२÷८३ को बजेटमा सरकारले शिक्षालाई प्राथमिकतामा राखेको बताउनुभएको हो । उहाँले सम्पूर्ण विकासका लागि शिक्षाको महत्वपूर्ण भूमिका रहेको भन्दै शैक्षिक विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावक सबैको सकारात्मक भूमिका आवश्यक रहेकोमा जोड दिनुभयो । त्यस्तै उपप्रधानमन्त्री सिंहले विद्यालयमा पाठ्यक्रमसँगै विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउनुपर्ने बताउनुभयो । यसअघि सिंहले विकासका लागि अहिलेका राजनीतिक व्यवस्था नै उत्तम व्यवस्था भएको बताउनुभएको थियो । नेपाली कांग्रेस मण्डनदेउपुर नगर कार्यसमितिको कार्यालयमा शनिवार आयोजित संक्षिप्त कार्यक्रममा उहाँले विगतमा र अहिले विकासमा धरै परिवर्तन आएको बताउनुभएको हो ।
४६ सालपछि लोकतन्त्र पुनस्थापनासँगै शिक्षा,स्वास्थ्य,सडक,खानेपानी लगायतमा क्रमिक विकास भएको पनि उपप्रधानमन्त्री सिंहले बताउनुभयो । काभ्रे नगर कार्यसमितिले काभ्रेमा किसानहरूले मलको समस्या बेहोर्नुपरेको भन्दै उपप्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए । सो क्रममा उहाँले कृषि मन्त्रीसँग कुरा गरेर मलकमे समस्या हुन नदिनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस