धुलिखेल-११ पात्लेखेतमा चिटिक्कको पञ्चकन्या मन्दिर

  • २०७९ माघ ४, बुधबार मा प्रकाशित २ साल अघि
  • २३३२ पाठक संख्या

  • धर्म गर्न न जातले छेक्छ, न धनले नै रोक्छ । मनले आँटेपछि धन नभएपनि चिताएको कुरा पुरा हुँदोरहेछ ।

    धर्म, संस्कार तथा देवता सबैको एउटै हुन भन्ने भनाईलाई चरितार्थ गर्दै आँटेको काम पुरा गरेका छन् धुलिखेल ११ पात्लेखेतका कमल परियारले । परियारले पात्लेखेतमा आफ्नै अग्रसरमा पञ्चकन्याको मन्दिर निर्माण गरेर समाजमानै उदाहरणीय काम गरेका छन् । आफ्नै जग्गामा पञ्चकन्या, गणेश, सेतिदेवि, कालोनाग, पलाञ्चोक भगवती लगायतका मुर्ति स्थापना गरेका छन् । ‘पहिला यो ठाउँमा सिस्नोघारी थियो, नाग थान थियो, नागले मानिस तथा बस्तुभाउ धेरैलाई दुःख दिएको थियो, तर यो स्थापना गरेपछि धेरैलाई फाईदा पुगेको छ ।’–परियारले भने ।

     

    मन्दिरमा भाकल गरेर पुजा गर्दा पुरा हुने गरेको उनको भनाई छ । ‘सन्तान नहुनेहरुले यस मन्दिरमा भाकल गरेर पुजा गर्दा सन्तान प्राप्ती भएको छ, यसै कारणले पनि यस मन्दिरको महत्व छ,–परियारको भनाई छ । ‘दलित समुदायले निर्माण गरे पनि इश्वर सबैको एउटै हो सबैलाई दर्शन गर्न आह्वान गर्दछु ।’

    धार्मीक रुपमा पनि अन्य समुदायलाई सन्देश दिने उदेश्यले मन्दिरको प्राणप्रतिष्ठाको लागि विभिन्न धार्मीक व्यक्तीहरु पण्डित दिनबन्धु पोखरेलसँग कुराकानी भईरहेको अभियन्ता सुस्मिता बागदाशले जानकारी दिइन ।

     

     

    भक्तपुरमा रहेर व्याण्ड बाजा सञ्चालन गर्दै आएका परियारले आफ्नै जग्गा, अफ्नै लगानीमा निर्माण गरेको मन्दिरमा पछिल्लो पटक धुलिखेलका स्थानीय एवं समाजसेवी विदुर बस्नेतले मन्दिरको ढोका र कम्पाउण्डको लागि रेलिङहरु राख्न फलाम सहयोग गरेका थिए भने धुलिखेल नगरपालिकाले अहिले सम्म ४ लाख २० हजार रुपैया सहयोग गरेको उनको भनाई छ ।

     

     

    प्रतिक्रिया दिनुहोस