२०३१ सालमा चोरी भएको शाक्यमुनिको मुर्ति प्रतिस्थापन

Post Thumbnail
  • २०७९ मंसिर १५, बिहिबार मा प्रकाशित १ साल अघि
  • १९३ पाठक संख्या

  • वि. सं. २०३१ सालमा बनेपा वहि टोलबाट चोरी भएको मुर्ति बनेपामा प्रतिस्थापन गरिएको छ ।

    २०३१ सालमा हराएको मुर्ति वि. सं. २०३५ सालमा त्रिभुवन अन्तरास्ट्रिय विमान स्थलमा फेला पारेर  छाउनीस्थित राष्ट्रिय संग्राहलयमा सुरक्षीत राखिएको शाक्युनी भगवान बुद्धको मुर्ती बनेपामा ल्याएर प्रतिस्थापन गरिएको हो ।

    संग्रहालयका निर्देशक जयराम श्रेष्ठको रहोवरमा बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्य वडा अध्यक्षहरु शुभ लक्ष्मी मानन्धर, हिटलर शाक्य र नृपेश वादे, पुरातत्व विभाग पुरातत्व अधिकृत मंजु सिंह भण्डारी,  इलाका प्रहरी कार्यालय बनेपाका असइ नवीन घोरासैनी साक्षी रहि वहि वह ज्ञानमाला भजन खल:का अध्यक्ष नरेन्द्रराज श्रेष्ठ, सचीव रत्न श्रेष्ठ सदस्य द्वय चन्द्रलाल श्रेष्ठ र कन्यालाल श्रेष्ठलाई मुर्ति हस्तान्तरण गरिएको थियो ।

    साबिक बनेपा ८ नं वडा ( सबिक ७ नं वडा ) वहि टोल को वहि ज्ञानमाला भजन केन्द्रबाट शाक्य मुनिको  मुर्ति  चोरी भएको थियो ।  मुर्ति  फर्काउनको लागि बनेपाका नगरप्रमुख  शान्ति रत्न शाक्यले पहलकदमी गरेका थिए ।

    शाक्यमुनी भगवान बुद्धको मुर्ती  स्थापनार्थ बनेपालीहरुले बाजा गाजा सहित बनेपा परिक्रमा गरेर वहि टोलमा स्थापना गरिएको बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस