स्नेह सायमी र डा. सुमनराज ताम्राकार दम्पतीलाई सयपत्री राष्ट्रिय सम्मान

Post Thumbnail
  • २०७९ कार्तिक ५, शनिबार मा प्रकाशित २ साल अघि
  • १०१३ पाठक संख्या

  • सयपत्री प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको अवसरमा दुई दम्पती सम्मान गरेको छ ।

    प्रतिष्ठानले सयपत्री राष्ट्रिय सम्मान २०७९ बाट बरिष्ठ लेखक साहित्यकार स्नेह सायमी र उनकी श्रीमती लक्ष्मी माली तथा बरिष्ठ चिकित्सक तथा साहित्यकार डा. सुमनराज ताम्राकार र उनकी श्रीमती चण्डेश्वरी श्रेष्ठ ताम्राकारलाई नगद रु ५ हजार सहित सम्मान पत्रले सम्मान गरेको हो ।

    उनीहरुलाई एक कार्यक्रमका बिच नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपती के के कर्माचार्यले सम्मान गरेका थिए । कार्यक्रममा बरिष्ठ लेखक तथा साहित्यकार प्रा.डा द्वय रामप्रसाद दाहाल र जीवेन्द्रदेव गिरी थिए ।

    बरिष्ठ साहित्यकार मोहन दुवालले सम्मानित श्रष्टाहरुको जीवनी र योगदानको चर्चा गरेका थिए । कार्यक्रममा बनेपा नगरपालिका वडा न १० का वडाध्यक्ष चन्द्र बहादुर खड्का प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठ, रेडक्रसका यादव थापा, महेन्द्र विष्ट, डा. श्याम भट्टराई , त्रिरत्न रंजितकार लगायत उपस्थिति थिए ।

    साहित्यकार रामसुन्दर देउजाले सञ्चालन गरेको कार्यक्रममा लक्ष्मी प्रसाद देवकोटाको योगदान र उनले खेलेको भूमिका माथी चर्चा समेत गरिएको थियो ।

    कार्यक्रममा उपस्थित एक दर्जन काभ्रेका श्रष्टाहरुले कविता तथा रचना वाचन गरेका थिए । काभ्रेको जनागालमा २०५१ सालमा स्थापना भएको सयपत्री प्र्रतिष्ठानले २०५७ बाट हालसम्म ६० जना श्रष्टाहरुलाई सम्मान गरिसकेको र भावी दिनमा पनि योगदान पुराईरहेका श्रष्टाहरुको छनोट गरि सम्मान कार्यक्रम जारी राखीने आयोजकले जनाएको छ । दम्पत्ती श्रष्टालाई सम्मान कार्यक्रम भने ०७४ बाट गरिँदै आएको संस्थाको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस