चैत्र २८ देखि पनौतीमा हरिसिद्धी जात्रा लाग्ने भएको छ ।
आर्थिक अभावका कारण ६० वर्षपछि २०६६ भएको जात्रा यस पटक देखि नियमित सञ्चालन गर्न लागिएको हरसिद्धि जात्रा मूल समारोह समिति पनौतीका संयोजक सुरेश सैंजुले जानकारी दिए । २००६ साल देखि आर्थिक अभावको कारण रोकिएको जात्रा २०६६ सालमा चन्दा उठाएर पुनः सञ्चालनमा आएको थियो ।
जात्रा ललितपुरबाट आउने देवगण सहितको टोलीलाई २८ गते सांस्कृतिक नगर परिक्रमा, २९ र ३० गते लगातार १६ घण्टा नाच र ३० गते बिदाइ गरिने आर्थिक समितिका संयोजक पुरुषोत्तम कर्माचार्यले जानकारी दिए ।
जात्रामा १९ जना देवगण र १० जना च्याभूले व्यवस्थापक गरी २९ जना पुजारीबाट नाचलगायतका मन्दिरको कार्य गरिन्छ । अष्टमातृकाको नाच, विक्रमादित्यसँग सम्बन्धित दृश्य, विभिन्न देवदेवी, ऋषि तथा रामायणको आंशिक कथावस्तुहरु नाचमा प्रदर्शन गरिन्छ । सचितिर्थ मानिने पनौतीलाई धार्मिक गन्तव्य मानेर हरेक वर्ष नवदुर्गा जात्रा, साँखु र माधवनारायणका वत्रालुहरु पनौती आउने गरेका छन् ।
हरसिद्धी नाच जात्राको समयमा त्रिशाक्ति हरसिद्धीको पनौतीमा बास रहुन्जेल अन्य कुनै बाजा बजाउन नहुने पूजाको समयमा कुखुराको मासु, अण्डा र लसुनसमेत निषेध गरिएको जात्रा ब्यवस्थापन समितिले जनाएको छ।
ललितपुरमा हरेक वर्ष ३ पटक र पशुपति, दोलखा, धुलिखेल, पनौती लगायतका स्थामा प्रत्येक १२ वर्षमा लाग्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस